उप–कप्तान मल्ललाई ४ खेलमा प्रतिबन्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2019 | 05:50:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय क्रिकेट टिमका उप कप्तान ज्ञानेन्द्र मल्ललाई ४ खेलको प्रतिबन्ध लागेको छ । हालै धनगढीमा सम्पन्न डीपीएल क्रिकेटमा काठमाण्डौ गोल्डेन्सको कप्तानी गरेका मल्ललाई टिमले खेल बहिष्कार गरेका कारण चार घरेलु खेलमा प्रतिबन्ध लगाइएको हो ।

डीपीएलमा महेन्द्रनगर युनाइटेडविरुद्धको दोस्रो क्वालिफायरमा काठमाण्डौ गोल्डेन्सले आफ्ना खेलाडी अंकित दबासलाई बलिङमा प्रतिबन्ध लगाएको भन्दै खेल बहिष्कार गरेको थियो । मल्ल समयमै मैदानमा नगएको र अम्पायरले गरेको निर्णयमा टिमले आपत्ति जनाउँदा चुप बसेका थिए ।

डीपीएल सकिएको २ सातापछि टेक्निकल कमिटीले मल्ललाई ४ वटा घरेलु प्रतियोगिता खेल्न नदिने निर्णय गरेको हो । मल्लले कारबाही स्वीकार भएको प्रतिक्रिया दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved