वेस्ट इण्डिज ए विरुद्दको आजको खेलमा रोहित पौडेललाई विश्राम, दीपेन्द्र कप्तान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2024 | 12:02:18 PM मा प्रकाशित

वेस्ट इण्डिज ए र नेपाल राष्ट्रिय क्रिकेट टिमबीचको तेस्रो टि २० क्रिकेट खेल आज हुँदै छ। खेलमा वेस्ट इण्डिज ए ले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय गरेको छ ।

आजको खेलमा नेपालले नियमित कप्तान रोहित कुमार पौडेललाई विश्राम दिएको छ। आजको खेलको कप्तानी दीपेन्द्र सिंह ऐरीले गर्दै छन्।

आजको खेलमा लोकेश बम, विनोद भण्डारी, अनिल कुमार शाह, कुशल मल्ल, आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, विवेक यादव, करण केसी, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन्।

वेस्ट इण्डिज ए र नेपाल राष्ट्रिय क्रिकेट टिमबीच ५ वटा टि २० खेल हुने छ। जसमा पहिलो खेल नेपालले जितेको थियो भने दोस्रो खेल वेस्ट इण्डिज ए ले जितेको थियो ।

आगामी टि २० विश्वकपको तयारीको लागि नेपाल र वेस्ट इण्डिज ए बीच ५ खेलको शृंखला आयोजना गरिएको हो । सबै खेल काठमाडौँको किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा भईरहेको छ। 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved