आईपीएल उपाधि भिडन्त, कसले मार्ला बाजी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 08:41:58 AM मा प्रकाशित

laxmi  sunrise bank

इंन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । १२औं संस्करणको आईपीएलको उपाधिका लागि साविक विजेता चेन्नाई सुपर किंग्स र मुम्बई इन्डियन्स आमने सामने हुँदैछन् ।

बेलुका ७ बजेर ४५ मिनेटमा हैदरावादमा हुने खेलमा दुबै टिमले आफूलाई अब्बल सावित गर्न प्रयास गर्नेछन् । दुवै टिमले आईपीएल समान तीन–तीन पटक आईपीएलको उपाधि जितेका छन् ।

जारी सिजनमा भने चेन्नाई भन्दा मुम्बई बलियो देखिएको छ । मुम्बई र चेन्नाईले जारी आईपीएलमा तीन खेलमा प्रतिस्पर्धा गरिसकेका छन् । तीनै खेलमा मुम्बईले चेन्नाईलाई पराजित गरेको छ ।

लिग चरणको पहिलो होम खेलमा मुम्बईले चेन्नाईलाई ३७ रनले पराजित गरेको थियो । अघिल्लो खेलमा पनि मुम्बईले चेन्नाईलाई ४६ रनले पराजित गरेको थियो । त्यस्तै, क्वालिफायरको पहिलो राउण्डमा मुम्बईले चेन्नाईलाई ६ विकेटले पराजित गरेको थियो ।

लिग चरण र प्लेअफको हारको बदला फाइनलमा फर्काने लक्ष्यमा चेन्नाई छ । मुम्बई भने फेरी चेन्नाईलाई पराजित गर्दै उपाधि जित्ने दाउमा छ । 

प्लेअफको पहिलो क्यालिफयरमा चेन्नाईलाई नै पराजित गर्दै मुम्बई फाइनलमा प्रवेश गरेको थियो । चेन्नाई भने दोस्रो क्वालिफायरमा दिल्लीलाई हराएर फाइनल पुगेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved