आइपीएलमा सन्दिपको पारिश्रमिक भन्दा पुरस्कारको राशि धेरै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 14, 2019 | 05:37:18 AM मा प्रकाशित

laxmi  sunrise bank

सन्दिप लामिछानेले भारतमा हालै सम्पन्न इन्डियन प्रिमियर लिगको १२ औं संस्करणमा २२ लाख भारु पुरस्कार पाउने भएका छन। यस संक्सरणमा तेश्रो स्थान बनाएको दिल्ली क्यापिटल्सका खेलाडी सन्दिप लामिछानेले उक्त पुरस्कार बापतको कर भने तिर्नुपर्ने छ।  

आइपिएलको विजेताको पुरस्कार राशी २० करोड भारु छ । चौथो पटक आइपिएल उपाधि जितेको मुम्बई इण्डियन्सले २० करोड भारतीय रुपैया पुरस्कार स्वरूप पाएको छ । त्यस्तै उपविजेता बनेको चेन्नई सुपरकिंग्सले पुरस्कार वापत साढे १२ करोड पाएको छ । त्यस्तै तेस्रो स्थानमा रहेको दिल्ली क्यापिटल्सले १० करोड ५० लाख पाएको छ भने चौथो स्थानमा रहेको सनराइजर्स हैदरावादले ८ करोड ७५ लाख पुरस्कार रकम पाएको छ। 

आइपिएलको नियम अनुसार पुरस्कार रकमको आधा रकम आइपिएल फ्रेन्चाईजीले लैजाने छ भने आधा रकम खेलाडीलाई बाडिने छ ।  यसअनुसार दिल्लीले जितेको १० करोड ५० लाख भारतीय रुपैयाँमध्ये आधा रकम फ्रेन्चाइजीले लैजाने छ र बाँकी आधा अर्थात ५ करोड २५ लाख खेलाडीलाई बाँडिनेछ । दिल्लीको टिममा कूल २५ खेलाडी छन। यो रकम सबै खेलाडीलाई बराबरी बाँडिनेछ । यसरी बाँडिँदा एक खेलाडीको भागमा २१ लाख रुपैयाँ पर्न आउँछ । 

यसबाहेक पंजाबविरुद्धको खेलमा तीन विकेट लिँदै सन्दिप स्टाइलिश प्लेयर अफ द म्याच बनेका थिए । यो उपाधिको पुरस्कार राशी एक लाख भारु हुन्छ जुन सिधै खलाडीलाई दिइन्छ । यसरी तेस्रो भएको पुरस्कार र स्टाइलिश प्लेयर अफ द म्याचको पुरस्कार गरी सन्दिपले २२ लाख भारु  पाउनेछन्। यो रकम उनले पारिश्रमिक भन्दा बढी हो। सन्दिपलाई दिल्ली क्यापिटलले २० लाख भारुमा किनेको थियो।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved