नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न पुबुदु दशानायकेसहित ६० जनाको आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 01, 2021 | 08:36:16 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक बन्न ६० जनाको आवेदन परेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले मागेको खुल्ला आवेदनमा ६० जनाको आवेदन परेको हो ।

गत भदौमा मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि क्यानले कात्तिक १ गते खुल्ला आवेदन माग गरेको थियो । आवेदन दिने म्याद आइतबार सकिँदा ६० जनाको आवेदन परेको हो । 

नेपाली क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुबुदु दशानायकेदेखि भारतीय मन्टी देशाई सम्मले आवेदन दिएका छन् । आवेदन दिएकामध्ये क्यान छनोट समितिले सर्ट लिर्ट तयार पार्नेछ । सर्ट लिष्टमा परेकाहरुको अन्तवार्ता लिएपछि मात्रै नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त हुनेछन् ।

क्यानले इंग्ल्यान्ड क्रिकेट बोर्ड (इसिबी) वा अष्ट्रेलिया क्रिकेट (सिए) बाट मान्यता प्राप्त लेभल ३ गरेको प्रशिक्षकको माग गरेको थियो ।

गत पुसमा नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका ह्वाटमोरले भदौमा ओमान भ्रमणपछि लागु हुने गरि नेपाली टोली छाडेका थिए । असोजमा भएको आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान, नेपाल र अमेरिकाको सिरिजसँगै उनले नेपाली टोली छाडेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved