इंग्ल्याण्ड बन्यो ट्वान्टी–२० विश्वकपको सेमिफाइनल पुग्ने पहिलो टिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 02, 2021 | 09:09:03 AM मा प्रकाशित

laxmi  sunrise bank

इंग्ल्याण्ड दुबईमा जारी आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । गत संस्करणमा फाइनलमा पराजित भएको इंग्ल्याण्ड लगातार चौथो जित निकाल्दै फाइनल पुगेको हो । 

समूह १ अन्तर्गत इंग्ल्याण्डले गएराति श्रीलंकालाई २६ रनले हरायो । टस हारेर पहिला ब्याटिङ गरेको इंग्ल्याण्डले ओपनर जस बटलरको शतकीय पारीको मद्दतमा ४ विकृट गुमाउँदै १६३ रनको योगफल खडा गर्यो । 

जेसन रोयले ९ रनमा आउट भए भने डेभिड मलान ६ र जोनी बेरिस्टो शून्य रनमा पेभेलियन फर्किदा इंग्ल्याण्डले ३५ रनमा तेस्रो विकेट गुमाउन पुगेको थियो । तर कप्तान इयोन मोर्गनसँग मिलेर बटलरले ७८ बलमा ११२ रनको शतकीय साझेदारी गरे । चौथो विकेटका रुपमा १९औं ओभरमा आउट भएका मोर्गनले ४० रन बनाए । 

अविजित रहेका बटलरले ६७ बलमा १०१ रनको पारी खेले । उनले अन्तिम बलमा छक्का प्रहार गरी शतक पूरा गरेका हुन् । आफ्नो पारीमा उनले ६ चौका र ६ छक्का प्रहार गरेका थिए ।

जवाफी ब्याटिङमा मैदान उत्रिएको श्रीलंका १९ ओभरमा १३७ रनमा समेटियो । श्रीलंकाको स्कोर ५७ रन हुँदा ४ विकेट गुमाईसकेको थियो । ओपनर पाथुम निसाका १ रनमा आउट भए भने कुशल परेराले ७ रन बनाए । अभिस्का फर्नान्डो १३ रनमा घर फर्किदा चरिथ असालांका २१ रनमा आउट भए ।

भानुका राजापाक्षे र कप्तान दशुन सानाकाले २६/२६ रन । बानिन्दु डी शिल्भाले ३४ रन जोडे । 

जारी प्रतियोगितामा श्रीलंकाको यो तेस्रो हार हो । चार खेलमा श्रीलंकाको जम्मा २ अंक छ । 

यो जितपछि ४ खेलबाट ८ अंक बनाएको इंग्ल्याण्ड एक खेल अगाडी नै सेमिफाइनलमा पुगेको हो । हारपछि श्रीलंकाको अन्तिम ४ को यात्रा समाप्त भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved