विश्वकप क्रिकेटः दक्षिण अफ्रिकाका लागि वर्षा बाधक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2022 | 06:16:44 PM मा प्रकाशित

laxmi  sunrise bank

आइसीसी टि–२० विश्वकपको सुपर १२ चरण अन्तर्गत दक्षिण अफ्रिका र जिम्बावेबीचको खेल वर्षाका कारण रद्द भएको छ । दक्षिण अफ्रिका जित नजिक पुगेको अवस्थामा वर्षाका कारण खेल रद्द हुन पुगेको हो । 

खेल रद्द भएपछि दुवै टोली अंक बाँड्न बाध्य भएका हुन् । वर्षाका कारण खेल ९ अ‍ोभरमा घटाइएको थियो । 

जिम्बावेले दक्षिण अफ्रिकालाई ८० रनको झिनो लक्ष्य दिएको थियो । 

दक्षिण अफ्रिकाका लागि पहिलो ओभरमै क्विन्टन डीककले २३ रन जोड्दै उत्कृष्ट सुरुवात गरेका थिए । तर, दोस्रो ओभरको पहिलो बलमा नै वर्षा भएपछि खेल केही समय रोकियो । 

त्यसपछि दक्षिण अफ्रिकाले जितका लागि ७ ओभरमा ६४ रन जोड्नुपर्ने अवस्था थियो ।

डीककले दोस्रो ओभरमा पनि ४ चौका प्रहार गर्दै १७ रन जोडे । तेस्रो ओभरमा दक्षिण अफ्रिकाले ११ रन जोड्यो । तर, पुनः चौथो ओभर सुरु हुनुअघि वर्षा सुरु भएपछि अम्पायरले खेल रोकेका थिए ।

दक्षिण अफ्रिकाले ३ ओभरमा विना विकेट ५१ रन जोडेको थियो । चौथो ओभर सुरु हुनुअघि नै भारी वर्षा हुँदा अम्पायरले खेल रोके । 

टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावेले ५ विकेट गुमाउँदै ७९ रन जोड्यो । 

खेल रद्द भएपछि दुवै टोलीले पहिलो खेलबाट १–१ अंक बाँडेका छन् । यस समूहमा भारत र बंगलादेशको २–२ अंक छ । नेदरल्यान्ड्स र पाकिस्तान अंकविहिन छन् ।

शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved