टी-२० विश्वकपः दुई खेल हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 26, 2022 | 10:24:15 AM मा प्रकाशित

laxmi  sunrise bank

आईसिसी टी-२० विश्वकपअन्तर्गत बुधबार दुई खेल हुँदैछन् । 

सुपर-१२ को समूह एक को फरक खेलमा आयरल्यान्ड र इंग्ल्यान्ड तथा न्युजिल्यान्ड र अफगानिस्तान भिड्दैछन् । 

विहान पौने १० बजे सुरु हुने खेलमा आयरल्यान्ड र इंग्ल्यान्डको खेल मेलवर्नमा हुनेछ । आयरल्यान्ड पहिलो जितको खोजीमा रहँदा इंग्ल्यान्ड लगातार दोस्रो जित निकाल्न चाहन्छ । 

दिउसो पौने २ बजे न्युजिल्यान्ड र अफगानिस्तानबीच समेत मेलवर्नमै खेल हुनेछ । यस खेलमा जित निकाल्दै न्युजिल्यान्ड शीर्षस्थान बलियो बनाउने योजनामा छ । आफगानिस्तान भने पहिलो जितको खोजीमा छ । 

समूह एक मा न्युजिल्यान्ड, इंग्ल्यान्ड, श्रीलंका र अस्टे्रलियाको सामना दुई दुई अंक छ । अफगानिस्तान र आयरल्यान्ड बिना अंक छन् । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved