सुबिसुले थप उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 20, 2021 | 05:53:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सुबिसुको नेटवर्कलाई आधुनिकरण गर्न सुबिसुले नोकियासँगको सहकार्यमा ४ सय जीबिपिएस क्षमताको सिंगल अपटिकल फाईबर सोलुशन विस्तार गरेको छ । 

सुबिसुले देशभरीको बढ्दो ब्रोडब्याण्ड ईन्टरनेटको मागलाई सम्बोधन गर्न, उच्च गतिको ब्रोडब्याण्ड तथा  गुणस्तरीय इन्टरनेट सेवा प्रदान गर्न नोकियाको यस अत्याधुनिक सोलुशनले उल्लेखनीय सहयोग  पु¥याउने जनाइएको छ ।  

नेकियाको ४०० जीबिपिएस सिंगल फाइबर सोलुशनले फाइबर क्षमतामा उल्लेखनीय सुधार गरी  सुबिसुको नेटवर्कलाई सोलुशन कस्ट अप्टिमाइज गर्दै र अपरेशन कस्ट घटाउदै थप सबल बनाउन मद्दत गर्ने बताइएको छ । यस समाधानले सुबिसुलाई सिंगल फाइबरको माध्यमबाट मल्टि–टेराबिट क्षमताको नेटवर्क सजिलै प्रदान  गर्दछ । 

सुबिसुका सीईओ बिनय मोहन साउदले भने , नोकियासँग हामी निकै लामो समयदेखि काम गर्दै आएका  छौं, र नोकियाको इण्डस्ट्री लिडिङ्ग उत्पादन तथा सोलुशनहरूले हाम्रो सुबिसुको ग्राहकहरूलाई उच्च गति तथा गुणस्तरीय ब्रोडब्यान्ड सेवा प्रदान गर्न मद्दत गरिरहेको छ । यस महत्वपूर्ण परियोजनाको लागि नोकिया एकमात्र  विक्रेता हो र यसको सोलुशनहरूले हाम्रो सेवाको माध्यमबाट ग्राहकवर्गहरूलाई उच्चस्तरीय अनुभव तथा सेवा  प्रदान गर्न हामी सक्षम भएका छौं ।” 

भारतका लागि नोकियाका इमर्जिङ्ग मार्केटका प्रमुख विनीश बावाले भनेः “हाम्रो इन्डस्ट्री–प्रमाणित १८३०  पीएसएस सोलुशनले सुबिसु जस्ता सेवा प्रदायकहरूलाई बढ्दो क्षमताको माग पूरा गर्न र ग्राहकको अनुभवलाई  अझ परिस्कृत गर्न सक्षम भएको छ । सुबिसुको अप्टिकल नेटवर्कलाई आधुनिकरण गर्न यस महत्वपूर्ण  परियोजनालाई सफल र समयमै समाप्त गरी उच्च प्रतिफल दिन पाएकोमा हामी खुशी छौं साथै भविष्यमा  हाम्रो साझेदारी यसरी नै सदैव कायम रहनेछ ।” 

नियोटेरिक नेपालका एम.डी संजय गोल्छाले भने ‘नोकियाको पार्टनर भएको नाताले हामी  नेपालमा नयाँ र भविष्य उपयोगी टेक्नोलोजीको निर्माण गरी उच्च गतिको कम्युनिकेशन प्रणाली  बनाउने प्रकृयामा सहयोग गर्न सदैव प्रतिबद्ध छौ ।’  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved