सरकारले दूरसञ्चार सेवाशुल्क घटाएपछि कति सस्तो हुन्छ इन्टरनेट मूल्य ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2022 | 05:39:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बजेट मार्फत दूरसञ्चार सेवाशुल्क घटाए पनि इन्टरनेट मूल्य भने केहि रुपैयाँले मात्र सस्तो हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आ.ब.२०७९/८० को वार्षिक बजेट वक्तव्य मार्फत दूरसञ्चार सेवाशुल्क ३% ले कटौटी गरिएको घोषणा गरेका हुन्।

यस अघि  दूरसञ्चार सेवाशुल्क १३ प्रतिशत रहेकोमा अब १० प्रतिशत कायम गरिएको हो । यसबाट इन्टरनेटको शुल्क करिब १७ रुपैयाँ कम हुने इन्टरनेट सेवा प्रदायक संघ आईस्पानले जनाएको छ ।

कुल इन्टरनेट शुल्क ५०० हुँदा दुरसंचार सेवा शुल्क ६५ रुपैयाँ तिर्नु पर्थ्यो । अब भने दुरसंचार सेवा शुल्क ५० रुपैयाँ मात्र तिरे पुग्छ। यसो गर्दा कुल ५५० भयो, जसमा ५० रुपैयाँ दुरसंचार सेवा शुल्क हो भने ५०० रुपैयाँ इन्टरनेटको शुल्क हो । त्यसमा मर्मत तथा सम्भार शुल्क ५०० जोड्दा कुल १०५० हुन्छ । यसमा १३ प्रतिशत भ्याट लाग्दा कुल रकम १३६ रुपैयाँ ५ पैसा भ्याट तिर्नु पर्छ । भ्याट सहितको शुल्क ११८६ रुपैयाँ ५० पैसा हुन्छ । अर्थात् दुरसंचार सेवा शुल्क १० प्रतिशत हुँदा ५०० को इन्टरनेट खरिद गर्ने ग्राहकको कुल शुल्क ११८६ रुपैयाँ ५० पैसा हुन्छ ।

दुरसंचार सेवा शुल्क १३ प्रतिशत हुँदा ५०० को इन्टरनेट खरिद गर्ने ग्राहकको कुल शुल्क १२०३ रुपैयाँ ४५ पैसा तिर्नु पर्थ्यो। यस हिसाबमा ग्राहकको भार करिब १७ रुपैयाँले मात्र घट्ने छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved