एनसेलले भन्यो 'शेयरधनी परिवर्तन हुँदा सेवा सुविधामा अवरोध हुँदैन'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2023 | 06:30:51 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेलले कम्पनीको शेयरधनी परिवर्तन हुँदा आफ्नो सेवा सुविधामा कुनै अवरोध नपर्ने जनाएको छ। एनसेलले आज एक विज्ञप्ति जारी गर्दै  शेयरधनी परिवर्तन भए पनि एनसेलले हाल प्रदान गरिँदै आएको सेवा र सुविधाहरुमा कुनै पनि अवरोध नपर्ने जनाएको छ।

एनसेलको सिद्धान्त “ हामी तपाईंकै लागि” मा अडिग रही, विगत १८ वर्ष जसरी नै आगामी दिनमा पनि उही उत्साह र समर्पणका साथ गुणस्तरिय दूरसञ्चार सेवा प्रदान गर्न प्रतिबद्ध रहेको एनसेलले उल्लेख गरेको छ।

ग्राहक तथा साझेदारलगायत समग्र १ करोड ६० लाख एनसेल परिवारलाई कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि नेपाल र नेपालीको विकास र समृद्धिका लागि सदा समर्पित रहने वाचा एनसेलले गरेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved