एनसेलको शेयर खरिद बिक्रीबारे छानबिन हुन्छ : मन्त्री शर्मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2023 | 09:21:25 PM मा प्रकाशित

laxmi  sunrise bank

 सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले  एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा विस्तृत अध्ययन तथा छानबिन गर्ने बताएकी छिन् । उनले आज विज्ञप्ति जारी गर्दै अध्ययन तथा छानबिनबाट कुनै अनियमितता भएको पाइएमा नेपाल सरकारले सम्बन्धित सबैलाई तत्काल कानुन बमोजिम कडा कारवाहीको दायरामा ल्याउने बताएकी हुन्। 

उनले नेपाल सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवम् यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्ने बताएकी हुन्। 

 नेपाल र नेपालीको हित संरक्षण तथा प्रचलित कानुनको पालना गर्न गराउन नेपाल सरकार प्रतिबद्ध रहेको उनको भनाई थियो ।


दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रकाशित समाचारप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको उनले उल्लेख गरेकी छिन् । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारी समेत नगराई अस्वाभाविक प्रावधान र मूल्यमा भएको देखिने यो कारोबारका सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्रीले २०८० मंसिर १८ गते सम्बन्धित निकायलाई निर्देशन दिइसकको पनि उनले उल्लेख गरेकी छिन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved