नेपाल टेलिकमले ल्यायो आकर्षक 'विन्टर अफर', यस्ता छन् आकर्षक अफर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2024 | 04:48:23 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल टेलिकमले भोली पुस २७ देखि लागु हुने गरी विन्टर अफर उपलब्ध गराउने भएको छ । यस अनुसार १ दिनको समयावधिका लागि रु. १९ मा ४०० एमबी र रु. ३३ मा १२०० एमबी डाटा उपलब्ध हुनेछ । त्यसैगरी ७ दिनको समयावधिका लागि लागि रु. १०९ मा ५ जीबी र २८ दिनको समयावधिका लागि रु. २९८ मा ७ जीबी डाटा उपलब्ध हुनेछ । 

स्टे कनेक्टेड प्याक अन्तर्गत ५ दिनको समयावधिका लागि रु. १०९ मा ६ जीबी डाटा तथा रु. १३९ मा ६ जीबी डाटा र १७० मिनेट अन–नेट भ्वाइस उपलब्ध हुनेछ । त्यसैगरी २ घण्टाको समयावधिका लागि रु. ३५ मा अनलिमिटेड प्याक उपलब्ध हुनेछ । 

यस अघि उपलब्ध अल टाइम भ्वाइस प्याक, अनलिमिटेड प्याक, डाटा प्याक, सोसल मिडिया प्याक, स्टे कनेक्टेड प्याक, एसएमएस प्याक, एमटुएम प्याक लगायतका प्याकहरु समेत उपलब्ध हुनेछ । त्यसैगरी नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने १ जीबी डाटा प्याक पनि निरन्तर रुपमा उपलब्ध हुनेछ कम्पनीले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved