नेपाल टेलिभिजनका सबै च्यानल एचडीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 31, 2019 | 08:42:10 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले अघि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को लक्ष्य हासिल गर्न नेपाल टेलिभिजनको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । नेपाल टेलिभिजनको ३४आँै वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय लक्ष्य भेट्टाउन ‘विकासका लागि सञ्चार’ भन्ने एनटिभीको स्थापनाकालीन सन्देश आज झन् सान्दर्भिक ठहरिन पुगेको बताएका हुन् । 

मुलुकको राजनीतिक सङ्क्रमण अन्त्य गरी देशको विकास र आर्थिक सामाजिक रुपान्तरणका लागि सरकार केन्द्रित भइरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले भनेका छन्, “विविधतामा एकताको हाम्रो भावनालाई बलियो तुल्याउन र सभ्य अनि सुसंस्कृत नेपाली समाजको निर्माण गर्नमा यसको महत्व झन् बढेको छ ।” 

नेपालको सबैभन्दा जेठो र अग्रणी टेलिभिजन प्रसारण संस्थाका रुपमा ख्याति कमाएको नेटिभीको उत्तरोत्तर प्रगतिको कामना गर्दै उनले यसका दर्शकले अझ बढी जीवनोपयोगी जानकारी, समाजको समग्र विकासका लागि उत्प्रेरक विषयवस्तुका साथै सूचना र स्वस्थ मनोरञ्जन प्राप्त गर्ने विश्वाससमेत व्यक्त गरेका छन्। 

झण्डै साढे तीन दशकअघि स्थापित नेटिभीले आजैदेखि आफ्नो प्रसारणमा एचडी प्रविधिलाई अङ्गीकार गरेकामा खुशी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले टेलिभिजन प्रसारण जगत्मा अत्याधुनिक प्रविधिलाई आत्मसात् गर्दै नयाँ उचाइ हासिल गरेको बताएका छन्  । देशको सांस्कृतिक, भौगोलिक र भाषिक विविधतालाई झल्काउँदै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको नेटिभीको प्रसार जति प्रभावकारी हुन सक्यो, मुलुकको राष्ट्रिय एकता त्यति नै मजबुत हुँदै जाने उनले विश्वास व्यक्त गगरेका छन् । 

एउटा च्यानलबाट शुरु भएको नेपाल टेलिभिजनले अहिले विभिन्न चार वटा च्यानलबाट सूचनायुक्त, मनोरञ्जक र शिक्षामूलक श्रव्य दृश्य सामग्री उपलब्ध गराइरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved