कर तिर्दैनौ भन्दै सर्वोच्च पुग्यो एनसेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 22, 2019 | 06:32:58 PM मा प्रकाशित

laxmi  sunrise bank

एनसेलले ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार ८१५ रुपैयाँ कर तिर्न नसकिने भन्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेको छ । करदाता कार्यालयले ७ दिन भित्र उक्त कर तिर्न भनेको थियो । तर एनसेलले भने कर तिर्ने दिइएको समय सकिन १ दिन अघि मात्र सोमबार एनसेल अदालत पुगेको हो । 

एनसेलले १४ अर्ब ३६ करोड ५३ लाख ७० हजार ६०० रुपैयाँ मात्र कर दिनु पर्ने दाबी गरेको छ । ठुला करदाता कार्यलयले गत साता मात्र एनसेललाई सात दिन भित्र ६२ अर्ब ६२ अर्ब ३६ करोड ४९ लाख ७५ हजार ५६६ रुपैयाँ लाभकर तिर्न पत्राचार गरेको थियो ।

यता एनसेलले भने ठूला करदाता कार्यालयले निर्धारण गरेको पूँजीगत लाभकर कानूनअनुसार नभएको दाबी गर्दै एनसेलले सवोच्चमा रिट दायर गरेको हो । एनसेलले दायर गरेको रिट निवेदनमा कर निर्धारण नगर्दासम्म एनसेलको व्यापार व्यवसायमा व्यवधान नगर्न  लागि परमादेशको माग गरिएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved