एडभान्स बुझेको तेस्रो दिनमै खोसियो अप्टिकल फाइबर बिछ्याउने जिम्मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2019 | 05:20:19 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) ले अप्टिकल फाईबर बिछ्याउन एडभान्समा लिएको तेस्रो दिनमै उसको सम्झौता रद्द भएको छ। सरकारले  (यूटीएल) ले सम्झौताअनुरुप गण्डकी प्रदेश र प्रदेश नम्बर पाँचका जिल्लाको मध्यपहाडी लोकमार्ग र विभिन्न जिल्लाहरुमा अप्टिकल फाइबर बिछ्याउन नसकेको भन्दै सम्झौता रद्द गरेको हो। 

सरकारले सम्झौता रद्द गरेको निर्णय सार्वजनिक गर्नु ३ दिन पुर्व (यूटीएल) को जोइन्ट भेन्चर कम्पनी टेली इन्फ्रा नेपालले ब्रोड ब्यान्ड विस्तार कार्य अघि बढाउन नेपाल दुरसंचार प्राधिकरणबाट २० प्रतिशत एडभान्स बापतको ४० करोड २ लाख रुपैयाँ भुक्तानी लिएको प्राधिकरणले जनाएको छ।

सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाकाअनुसार यूटीएलले आगामी बैशाख १५ गतेसम्म काम नै सक्नुपर्ने थियो । तर, काम नै नथालेपछि सम्झौता भंग गरिएको हो। यो कामका लागि २०७४ वैशाखमा दूरसञ्चार प्राधिकरण र यूटिएलबीच २ अर्ब १० करोडको सम्झाैता भएको थियो ।    

प्राधिकरणकाअनुसार सम्झौता रद्द भएसंगै (यूटीएल) को जोइन्ट भेन्चर कम्पनीले उक्त एडभान्स फिर्ता गर्नुपर्नेछ। फागुन ३ बसेको मन्त्रिपरिषद्को बैठकले युटिएलसँगको सम्झौता तोड्दै नयाँ सम्झौता गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ।

त्यसो त अप्टिकल फाइबर बिछ्याउने जिम्मा पाएका नेपाल टेलिकम र स्मार्ट टेलिकमले समेत सिन्को भाचेका छैनन। स्मार्ट टेलिकमले समेत एडभान्स बापत पाउने पर्ने रकम लिसकेको छ।   

     



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved