पोखराको फिस्टेल ड्रिमपार्कभित्र ४ करोड लगानीमा रेष्टुरेन्ट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2023 | 09:00:34 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखराको फिस्टेल ड्रिमपार्कले ४ करोड रुपैयाँ लगानीमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएको छ । कम्पनीले नयाँ वर्षको अवसरमा रेष्टुरेन्ट सञ्चालनमा ल्याएको हो । रेष्टुरेन्टमा एकैपटकमा २ सय जना अटाउने क्षमता छ । सुलभ मूल्यमा थ्री स्टार स्ट्यान्डर्डमा खाना खान पाइने कम्पनौका सञ्चालक हिरा केरीले जानकारी दिए । पार्कभित्र आउटडोर फुड स्टल समेत राखिएको छ ।

नयाँ वर्षको अवसरमा पार्कले पर्यटकहरूका लागि विभिन्न अफर समेत ल्याएको छ । कम्पनीले  आफ्ना सेवाहरूमा १५ प्रतिशत छुट घोषणा गरेको छ । कम्पनीले नयाँ वर्षको अवसर पारेर घुम्न आउने पर्यटकहरूलाई १५ प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो ।

यस्तै छ जनाको समूह पार्क घुम्न गए एक जनालाई फ्रीमा सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ । पोखराकै ठूलो यस वाटरपार्कमा पछिल्लो समय आन्तरिक पर्यटकहरूको आकर्षण बढ्दै गएको छ । बालबालिकादेखि किशोर एवम् वृद्धवृद्धासमेतले पार्कमा मनोरञ्जन लिने गरेका छन् । 
कम्पनीले वाटर पार्क, ड्राइ पार्क सञ्चालन गरिरहेको छ ।

जसमा इन्डोर गेम, ड्राई पार्क, वेट पार्क, सोफा स्लाइड, लेजी रिभर, फ्रि फल, ट्रोनाडो बावल, वेभ पुल, रेल लगायतका करिब २५ थरीका गतिविधिमा रमाउन सकिनेछ ।  पार्कको प्रवेश शुल्क २ सय रुपैयाँ रहेको छ । तर नयाँ वर्षको अवसरमा ग्राहकहरूले एक सय रुपैयाँमै प्रवेश पाउनेछन् ।   
यस्तै, वाटर पार्क प्याकेजको शुल्क १ हजार रुपैयाँ रहेको छ । जसमा विभिन्न १२ खेलहरू समेत खेल्न सकिनेछ ।  ४ फिटभन्दा कम उचाइ रहेका बालबालिकाहरूका लागि वाटर पार्क प्याकेजमा ६ सय रुपैयाँ शुल्क लाग्ने कम्पनीले जनाएको छ  

प्रवेशपछि सीमित खेल खेल्न चाहनेका लागि प्रति खेलको १५० देखि ३०० रुपैयाँसम्म लाग्ने सञ्चालक केसीले जानकारी दिए । साथै सबै किसिमका राइड गर्न एक हजार रुपैयाँ अतिरिक्त शुल्क तिर्नुपर्नेछ । ६५ रोपनी जग्गामा फैलिएको पार्कमा विभिन्न खेलहरू गरेर ५ हजार मानिसहरू एकै पटक रमाउन सक्छन् ।

पार्क पोखराको पुरानो एयरपोर्टबाट करिब ४ किलोमिटर र पृथ्वीचोकबाट करिब ५ किलोमिटरको दूरीमा रहेको छ । पार्कमा जान  निजी मात्र नभइ एयरपोर्टबाट ढुंगेसाहु, सितापाइला जाने सार्वजनिक यातायातबाट पनि पुग्न सकिन्छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved