पर्यटन व्यवसायीहरु र अर्थमन्त्रीबीच छलफल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2024 | 07:47:04 PM मा प्रकाशित

laxmi  sunrise bank

पर्यटनसँग सम्बन्धित संघ संस्थाले अर्थमन्त्री वर्षमान पुनलाई ज्ञापन पत्र बुझाएको छ । संघले आउँदो बजेटको सम्बन्धमा पर्यटन क्षेत्रको विकास र विस्तारका लागि आगामी बजेटले सम्बोधन गर्नुपर्ने प्रमुख विषयहरुका सम्बन्धमा पत्र बुझाएको हो ।

पर्यटन संघ संस्थाहरुको तर्फबाट आगामी बजेटले सम्बोधन गर्नुपर्ने विषयहरु राख्दै होटल संघ नेपालका अध्यक्ष विनायक शाहले नेपालको वर्तमान पर्यटन क्षेत्रले ३५ लाख पर्यटक लगायतका सेवाग्राहीहरुलाई स्तरीय सेवा प्रदान गर्न सक्ने क्षमता विकास भइसकेको भएता पनि वर्तमान पर्यटन आगमन क्षमताको एक तिहाईको हाराहारीमा रहेको हुँदा समग्र क्षेत्रले संचालन खर्च पनि जुटाउन नसकेको बताए ।

यस क्षेत्रको विकास र विस्तारका लागि बजेटले मौजूदा वस्तुस्थितिको सुक्ष्म समीक्षा आवश्यक रहेको र यस क्षेत्रको संस्थागत सुदृढिकरणका लागि उपयुक्त कार्यनीति तथा कार्यक्रम आवश्यक रहेको अर्थमन्त्रीमा अवगत संघले अवगत गराएको छ । आगामी बजेटले करको दर भन्दा पनि दायरा बढउनु पर्ने बताउँदै अध्यक्ष शाहले होटलमा लागेको विलासिता कर हटाइनु पर्ने कुरामा जोड दिए ।

यसैगरी नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्सका अध्यक्ष रमेश थापाले हवाई यात्रामा लागेको कर व्यवहारिक नभएको र हवाई टिकट जारी गर्ने कार्य नेपाल भन्दा वहिर हुन थालेको गम्भीर स्थिति बारे बनाउँदै हवाई यात्रामा लागेको कर खारेजिको माग गरे ।

ज्ञापनपत्रमा अन्य विषयहरुका अतिरिक्त होटल तथा पर्यटन उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको मान्यता तथा सेवा सुविधा उपलब्ध गराउनु पर्ने विषयमा अध्यक्ष शाहले माग गरे।

उक्त कार्यक्रममा अर्थमन्त्री वर्षमान पुनले पर्यटन व्यवसायीहरुको जाहेज माग बारे अध्ययन गरी यस तर्फ उपयुक्त तथा सकारात्मक कदम चालिने आश्वासन व्यक्त गरे।

छलफलमा नाराका अध्यक्ष शिव अधिकारी, एनएमएका वरिष्ठ उपाध्यक्ष ठाकुर राज पाण्डे, नाटाका महासचिव कुमार मणि थपलिया, नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्र लामा तथा होटल संघका प्रमुख संचालन अधिकृत टेकबहादुर महतको पनि उपस्थिति रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved