तनहुँको देवघाट गाउँपालिका ५ कालिमाटीमा प्रहरी भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुने प्रहरी जवान सन्दीप केसी रहेका छन् । दुर्घटनामा परी अन्य ३१ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।
देवघाटस्थित माघे संक्रान्ति मेलाको सुरक्षाका आएको बा १ ग २११८ नम्वरको गाडीमा ३४ प्रहरी सवार थिए ।