काठमाडौँको भृकुटीमण्डपमा ‘मेगा विन्टर सुज मेला’ सुरु भएको छ । माघ ५ गतेदेखि सुरु मेलामा एक हजारभन्दा बढी मोडलका चुत्ताचप्पलहरु राखिएको छ ।
मेलामा राखिएका हरेक जुत्ताचप्पलमा ६ महिनाको वारेन्टीसहित २५ देखि ७५ प्रतिशतसम्म छुटको व्यवस्था रहेको आयोजकले जनाएको छ । मेलामा ५ सय रुपैयाँदेखि १० हजार रुपैयाँसम्मका जुत्ताचप्पलहरु राखिएका छन् । मेला माघ १० गतेसम्म संचालन हुनेछ ।