गायिका आस्था राउतले प्रहरी समक्ष आत्मसमर्पण गरेकी छिन् । त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरी जवानमाथि दुर्व्यवहार गरेको आरोपमा आस्थाविरुद्द उजुरी परेको थियो । प्रहरी जवान रमिशा श्रेष्ठले गायिका राउतले आफूमाथि दुर्व्यवहार गरेको उजुरी दिएकी थिइन् ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएससपी होविन्द्र बोगटीका अनुसार आस्थालाई उनका आफन्तले नै कार्यालयमा उपस्थित गराएका हुन् । ‘प्रहरीलाई सहयोग गर्ने भन्दै उहाँ आफैँ उपस्थित हुनुभएको हो’ बोगटीले भने ।
त्रिभुवन विमानस्थलमा महिला प्रहरीसँग भनाभन भएपछि गायिका राउतले त्यसबारे असन्तुष्टि पोख्दै फेसबुकमार्फत प्रहरीलाई गाली गरेको भिडियो सार्वजनिक गरेकी थिइन् ।
अहिले उनलाई स्वास्थ्य परीक्षणका लागि वीर अस्पताल लगिएको छ ।