चीनसँग सिमा जोडिएको रसुवागढी र तातोपानी नाका १५ दिनका लागि बन्द गरिएको छ । चीनमा कोरोना भाइरस फैलिएपछि सरकारले यी दुई नाकाबाट आवतजावतमा रोक लगाएको हो ।गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माका अनुसार माघ १५ गतेदेखि ३० गतेसम्म नाका बन्द गरिएको हो ।