नेपालले चीनलाई मास्क सहयोग गरेको छ । चीनको हुवेई प्रान्तबाट फैलिएको कोरोना भाईरसका कारण मास्कको अभाव भएपछि नेपाल-चाइना चेम्बर अफ कमर्शले चाइनाज तिब्बत चम्बर अफ बोर्डर ट्रेडलाई सहयोग स्वरुप १२ हजार मास्क प्रदान गरेको हो ।
विशेष गरी नेपाल संग सिमा जोडिएको चीनीया प्रान्त तिव्वतमा समेत भाइरस फैलिएमा नेपालमा समेत फैलन सक्ने सम्भावना रहेको छ । उक्त चेम्बरसंग संघले २०१४ मा एक समझदारी पत्रमा हस्ताक्षर गरी विभिन्न आर्थिक, व्यापारिक, पर्यटन, लगानी आदिको प्रवद्र्धनका लागि सहकार्य गर्दै आइरहेको छ ।