काठमाडौंको शंकरापुर नगरपालिका ६ ढोल्लामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीय प्रविण श्रेष्ठ रहेको प्रहरीले बताएको छ ।
सुस्तमनस्थितिका श्रेष्ठ सडक पेटिमा सुतिरहेका थिए । गएराति १० बजेतिर ना १ क ४५६४ नम्बरको टिपरले किचेपछि उनलाई साँखुस्थित सुष्मा मेमोरियल अस्पतालमा उपचारका लगिएको थियो । तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।