काठमाडौँ महानगरपालिकाले कोरोना भाइरसको संक्रमण फैलन नदिन विभिन्न निर्णय गरेको छ । कोरोना भाइरसका कारण राजधानीका फोहोर व्यवस्थापन प्रभावित प्रभावित भएपछि महानगरले दैनिक फोहोर उठाउने योजना बनाएको छ ।
यस्ता छन् महानगरका ४ निर्णयः
१) फोहोर नियमित उठाइने । निजी क्षेत्रका फोहोर उठाउनेलाई पनि यथावत गराउने ।
२) अत्यावश्यक सामाग्रीको सप्लाई समय तोकेर नियमित गराइने ।
३) कालाबजारी माथी निगरानी र कारवाही ।
४) कोहि भोकै नराख्ने महानगरको नीति अनुसार वडा कार्यालय मार्फत छिटो केहि राहतको तयारी ।