कोरोना भाइरसको ल्याव परीक्षण शनिबारबाट प्रदेश नम्बर १ को धरानबाट सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आजबाट धरानको वीपी कोइराला मेमोरियल अस्पतालबाट कोरोनाको परीक्षण सुरु भएको जानकारी दिए ।
प्रवक्ता डा. देवकोटाले संक्रमितको संख्या बढेसँगै हेटौडा, पोखरा र नेपालगञ्जमा पनि परीक्षण ुेवा सुरु गर्ने तयारी भइरहेको बताएका छन् । उनका अनुसार हालसम्म ८७५ जनाको परीक्षण भएको छ ।
यसअघि काठमाडौंस्थित टेकु हस्पिटलबाट मात्रै कोरोनाको परीक्षण हुदै आएको थियो ।