कर्मचारी सञ्चय कोषका अध्यक्ष रामशरण पुडासैनीले सपथ लिएका छन्। उनलाई अर्थमन्त्री डा युवराज खतिवडाले पद त्तहा गोपनियताको सपथ दिलाएका हुन्। पुडासैनी राजश्व सचिव समेत हुन् ।
यस अघि कोषको अध्यक्ष शिशिरकुमार ढुंगाना थिए । ढुंगाना अर्थसचिव भएसँगै उनले पद छाडेका थिए। त्यससंगै पुडासैनीलाई अध्यक्षको जिम्मेवारी दिईएको हो ।
सञ्चय कोष ऐन २०१९ को व्यवस्थाअनुसार नेपाल सरकारले तोकेको व्यक्ति यसको अध्यक्ष हुन सक्नेछ।