भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । भारतमा बुधबार एकै दिन २३ जनाको मृत्यु भएसंगै मृतकको संख्या ५८ पुगेको हो । त्यस्तै संक्रमितको संख्या २०३२ पुगेको छ ।
७ लाख बढी बस्दै आएको भारतको धराभी स्थित सुकुम्बासी वस्तीमा पनि भाइरसको संक्रमण देखिएको छ । बुधबार धराभीमा एक व्यक्तिको भाइरसको संक्रमणको कारण मृत्यु भएको थियो भने आज सोहि इलाकामा दोस्रो संक्रमण देखिएको छ । धराभी भारतको महाराष्ट्रमा पर्दछ । महाराष्ट्र नै सबै भन्दा बढी कोरोनाको संक्रमण देखिएको छ ।
२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको उक्त सुकुम्वासी वस्तीमा भाइरस फैलिए नियन्त्रण बाहिर जाने विज्ञहरुले चेतावनी दिएका छन्।