सत्तारूढ नेकपाले आफ्ना सांसदलाई काठमाडौँ नछोड्न निर्देशन दिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढ्ने भन्दै नेकपाले आफ्ना सांसदहरूलाई उपत्यका नछाड्न निर्देशन दिएको हो ।
नेकपाका प्रमुख सचेतक देव गुरूङले सांसदहरूलाई उपत्यका नछाड्न निर्देशन दिँदै एसएमएस पठाएका हुन् ।
संसदको बेजेट अधिवेशन सुरू हुनअघि सबै सांसदहरूको कोरोना परीक्षण भएमा सबैको रिपोर्ट नेगेटिभ देखिएको थियो।