भारतबाट नेपाल फर्कने क्रममा मृत्यु भएका युवामा कोरोना पोजेटिभ देखिएको छ । भारतको गुजरातबाट नेपाल फर्कदै गर्दा ३५ वर्षीय युवाको बाटोमै मृत्यु भएको हो ।
भारतबाट नेपाल आउने क्रममा जेठ १० गते लखनउ नजिक आइपुग्दा बसमै उनको मृत्यु भएको जनाइएको छ । उनलाई छाती दुख्ने र बान्ता हुने भएको जनाइएको छ । भारतबाट आएको र अचानक स्वास्थ्यमा समस्या आएपछि मृत्यु भएका उनको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाव परीक्षण गरिएकोमा कोरोना पोजिटिभ देखिएको अर्घाखाँची जिल्ला अस्पतालले जनाएको छ। उनको शवलाई एम्बुलेन्समार्फत नेपाल ल्याइएको र शवसंगै आएका दुइजनाको भने पीसीआर रिपोर्ट नेगेटिभ आएको जनाइएको छ ।
उनको शव अन्त्योष्टि गरिसकेको जनाइएको छ ।