फाइल फोटो
कालिकोटमा टिपर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सीमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरुलाई क्वारेन्टिन स्थलमा लिएर जाँदै गरेको ना८ख ५१३३ नम्बरको टिपर बुधबार नरहरीनाथ गाउँपालिकामा दुर्घटना भएको हो ।
टिपर कर्णाली नदीमा खसेको हो । टिपरमा सवारमध्ये ३२ जना नदीमा बेपत्ता भएका छन्। नदीमा हराएकाको खोजी कार्य जारी रहेको कालीकोटका प्रमुख डिएपसी श्यामबाबु ओलियाले बताए । टिपरमा कति यात्रु थिए भन्नेबारे यकिन थाहा भईनसकेको प्रहरीले जनाएको छ ।
बेपत्ताको खोजि कार्य भईरहेको छ । उद्धारको लागि नेपाल प्रहरी र नेपाली सेनाका सुरक्षाकर्मीहरूलाई परिचालन गरिएको छ।