सरकारले निजि सवारीसाधनलाई जोर बिजोरको आधारमा चल्न दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सुरक्षा मापदण्ड अपनाएर निजि सवारी साधनलाई जोर बिजोरको आधारमा चल्न दिने निर्णय गरेको हो ।
जस अनुसार जोर गते जोर नम्बरका निजि गाडी र बिजोर गते बिजोर नम्बरका निजि गाडी चल्न पाउने छन् । त्यस्तै बैठकले सुरक्षा मापदण्ड अपनाएर सबै प्रकारका पसल खोल्न दिने निर्णय गरेको छ । यी निर्णय बिहिबार बाटै लागू हुने भएको हो ।