डिसहोमले 'डिलरदाईको डिस्काउन्ट' नामको योजनाको विजेता घोषणा गरेका छ । कम्पनीले २०७७ जेष्ठ ३० गते देखि असार ४ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गरेका ग्राहकहरुलाई समावेश गरेर मेगा लक्की ड्र गरेको हो । योजना अन्तर्गत २ जना विजेताले प्रति व्यक्ति १ लाख नगद प्राप्त गरेको कम्पनीले जनाएको छ ।
कम्पनीले आगामी लक्की ड्र २०७७ साल असार १२ गते हुने जनाएको छ । कम्पनीका अनुसार २०७७ साल असार ५ गते देखि असार ११ गतेसम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकलाई असार १२ गतेको लक्की ड्रमा समावेश गरिने छ ।