पुराना मित्रबिरुद्द व्यवसायी मल्होत्रा प्रेस काउन्सिलमा, 'ब्ल्याकमेलिङ' को आरोप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2020 | 12:01:46 PM मा प्रकाशित

laxmi  sunrise bank

आफ्नो मानहानी हुने गरि समाचार लेखिएको भन्दै व्यवसायी तथा उद्योगी दिपक मलहोत्राले प्रेस काउन्सिलमा उजुरी दिएका छन्।  भ्रामक समाचार लेखेर आफ्नो मानहानी गरिएको भन्दै मल्होत्राले आवश्यक कारबाहीको माग गर्दै उजुरी दिएका हुन्। 

व्यापारिक शाखलाई मान मर्दन गर्ने उदेश्यले लेखिएको समचारले व्यक्तिगत तथा  व्यवसायिक जीवनमा नकारात्मक असर परेको  उल्लेख गर्दै मल्होत्राले काउन्सिल समक्ष हदैसम्मको कारवाहिको माग गरेका छन्। 

आफ्नै पुराना मित्रको लगानीको मिडियामा उनैबाट यस्तो समाचार प्रकाशित भएकाले अति भएर काउन्सिलमा कानुनी उपचारका लागि उजुरी दिएको मल्होत्राले बिजपाटीलाई बताएका छन्। 


'व्यवसाय तथा उद्योग गरेको बर्षौं भईसक्यो, बेला बेला यस्ता बिषय नआएका होइनन तर नेपाल चेम्बर अफ कमर्शमा सँगै काम गरेका पुराना व्यवसायी मित्र नरेश श्रेष्ठ अध्यक्ष रहेको मिडियाले बिज्ञापन नदिएको रिसले मान मर्दन गर्दा चित्त दुख्यो र पहिलोपटक प्रेस काउन्सिलमा कानुनी उपचारका लागि उजुरी गर्न बाध्य भए' उनले भने।

उनले अगाडी थपे, '२-४ बर्ष अगाडीका आधारहिन बिषयलाई अहिले लेखिएको छ, यसमा मेरो मान मर्दन गर्ने नियत स्पष्ट देखिन्छ, देशमा कानुन छ र न्याय पाइन्छ भनेर नै जीवन मै पहिलो पटक प्रेस काउन्सिलमा उजुरी दिएको छु, मलाई लगाइएको आरोप प्रमाणित भए कारबाही भोग्न तयार छु, होइन भने आधारहीन कुरा लेखेर मलाई नराम्रो देखाउन चाहनेलाई कारबाही हुनुपर्छ।' 

आफूमाथि लगाईएको आरोप पुष्टि भए आफुले कारबाही भोग्ने तर पुष्टि नभए आरोप लगाउनेलाई कारबाही हुनुपर्ने मल्होत्राको माग छ। मलहोत्रामाथि विवादास्पद ब्यापारी भएको, तत्कालिन अख्तियार प्रमुख लोकमान सिंह कार्कीले ठेक्का मिलाईदिएको, सुन तस्करीका अभियुक्तसँग पार्टनरशिपमा कारोबार गरेको, विमानस्थल निर्माणमा कम्जोर संरचना प्रयोग गरेको र उक्त संरचनाले सुरक्षा खतरा बढेको,  आयातको व्यवसाय गर्दा गैरकानुनी काम गरेको, सेटिंङ मिलाएर गैर कानुनी काम कारबाही गरेको लगायतका आरोप लगाइएका छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved