तीजले शहरमा वर्गीय विभेद बढायोः मन्त्री भट्टराई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2020 | 04:16:05 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वर्गीय विवाद बढाउने गरी तीज मनाउन नहुने बताएका छन् । साथी संस्थाले तीजका अवसरमा शुक्रबार आयोजना गरेको भिडियो अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले ग्रामीण क्षेत्रमा मानवीय सद्भावका साथ तीज मनाइए पनि शहरमा भने वर्ग विभेद बढाउने किसिमले मनाइने गरेको टिप्पणी गरेका हुन् ।

‘गाउँमा कसैको घरमा दर खाने व्यवस्था छैन भने छिमेकीले बोलाएर खुवाउने, मानवीय भावना देखाउने चलन अझै छ, तर शहरमा हुनेखानेले सम्पत्ति र सामथ्र्य देखाउने सामन्ती संस्कारका रुपमा यसलाई मान्दै आएका छन्’ मन्त्री भट्टराईले भने ।

मन्त्री भट्टराईकी जीवन संगिनी सहप्राध्यापक बिन्दा घिमिरेले तीज आउनुभन्दा तुई–तीन महिना अघिदेखि पार्टी प्यालेस र महँगा होटेलहरुमा गहना र सम्पत्ति प्रदर्शन गर्ने नियतले भोज भतेर आयोजना गर्नु विकृति भएको बताईन् । यस्ता बिकृतिले सामाजिक सद्भाव नबढाउने उनको भनाई छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved