सोमबार काठमाडौँ उपत्यकाका ८१७ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा उपत्यकाका विभिन्न अस्पतालमा गरीएको स्वाब परीक्षणमा काठमाडौँका ६४९ , ललितपुरका १३२ र भक्तपुरमा ३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससंगै उपत्यकामा कोरोना संक्रमितको कुल संख्या २२ हजार २८६ पुगको छ।
पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै छ । हिजो मात्रै उपत्यकाका ८०९ जनामा कोरोना देखिएको थियो ।
मन्त्रालयका अनुसार आज देशभर थप १३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म ४८१ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।