रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा गजुर राखिएको छ । पाँच वर्षपछि पानी भरिएको रानीपोखरी आज बिहिबार पुजाआजासहित मन्दिरमा गजुर थपना गरिएको हो ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यसअघि खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजनाको सहयोगमा रानीपोखरीमा तीन करोड लिटर पानी भरेको थियो । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएको रानीपोखरी अहिले पुनर्निर्माण सम्पन्न हुने चरणमा छ ।
१८० मिटर लम्बाइ र १४० मिटर चौडाइको रानीपोखरीमा तिहारको भाइटीकाका दिनबाट सबै नागरिकका लागि प्रवेश खुल्ला गर्ने लक्ष्य लिएको छ ।