अमित अग्रवाल विरुद्द राजश्व छलीको मुद्दा दायर, ७ करोड ६० लाख बिगो तथा जरिवाना माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2022 | 03:27:01 PM मा प्रकाशित

laxmi  sunrise bank

राजस्व अनुसन्धान विभागले भारतीय नागरिक  अमितकुमार अग्रवाल विरुद्द  राजश्व छलीको मुद्दा दायर गरेको छ । विभागले भारत पश्चिम बंगाल, सिलगुरी थाना स्थायी वतन उल्लेख भई हाल जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका वडा नम्बर १३ ताहाचलमा बसोबास गर्ने अग्रवाल विरुद्द बुधबार उच्च अदालत पाटनमा राजस्व चुहावट सम्बन्धी मुद्दा दायर गरेको हो । 

उनको फर्म विमला ईण्टरनेशनलले राजस्व चुहावट गर्ने मनसायले कानून वमोजिमको बिजक जारी नगरी Order & Estimate Form/लुज विल/गैर विजक जारी गरी मालसामान बिक्री गरी Order & Estimate Form वाट प्राप्त आयलाई आफ्नो ब्यवसायको आधिकारीक विक्रि आयमा समावेश नगरी ठूलो परिमाणको नगद घरमा राख्ने गरेको साथै आयकर ऐन तथा मुल्य अभिबृद्धि कर ऐन तथा नियमहरु बमोजिम तिर्नुपर्ने कर नतिरी राजस्व चुहावटको कार्य गरेको विभागले उल्लेख गरेको छ । 

विभागले उनीसँग तीन करोड असी लाख विगो कायम गरी उक्त कायम बिगोको शतप्रतिशत जरिवाना समेत माग गरेको छ  । साथै  निजको बासस्थानबाट वरामदित  एक करोड पचास लाख नगद जफत गरी बाँकी  दुई करोड तीस लाख एकतीस हजार आठ सय बाउन्न रूपैयाँ असूल उपर गर्न राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) ऐन, २०५२ दफा २३(१) बमोजिम विभागले मुद्दा दायर गरेको हो ।  विभागले उनीसँग कुल ७ करोड ६० लाख बिगो तथा जरिवाना माग गरेको छ । 

उनी यस अघि नै जेलमा छन् । ग्रिनलाइन सेन्टर प्रा.लि.का सञ्चालक समेत रहेका उनी  चेक बाउन्स मुद्दामा प्रक्राउ परेका थिए । धरौटी तिर्न नसकेपछि उनी जेल मा छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved