भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकालीमा बाढीको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 29, 2022 | 11:09:03 PM मा प्रकाशित

laxmi  sunrise bank
भारतले उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोल्ने भएको छ । भारत स्थित तपोवन, धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको ड्याम साइटमा सिल्ट फ्लशिंग (Silt Flushing) को कार्य हुने र उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।
महाकाली जलाधारका केही स्थानमा आज राती भारी बर्षा भई नदीमा बहाव बढ्ने पूर्वानुमान रहेको र Silt Flushing गर्दा एक्सासी बहाव बढ्न सक्ने, तटिय क्षेत्रमा भोलि विहान ५ बजे देखि सतर्कता अपनाउन आग्रह गरिएको छ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले जारी गरेको सूचनामा भनिएको छ 'भारत स्थित तपोवन, धारचुलाको धौलीगंगा जलविद्युत परियोजनाको ड्याम साइटमा मिति २०७९ । ०३ । १६ गते विहान ५:०० बजे देखि २०७९।०३।१६ बेलुकी ८:०० बजे सम्म (तद्नुसार दिनांक 30.06.2022 विहान 5:00 बजे देखि दिनांक 30.06.2022 बेलुकी 8:00 बजे सम्म) सिल्ट फ्लशिंग (Silt Flushing) को कार्य हुने र उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने भनि एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेशन, धारचुला, पिथौरागढ, भारत पक्षबाट पत्राचार भएको हुँदा मिति २०७९।०३।१६ गते विहान ५:०० बजे देखि बेलुकी ८:०० बजे सम्म र तत्पश्चात समेत महाकाली नदीमा जलस्तर बढ्न सक्ने संभावना भएकोले महाकाली नदी किनार तटीय क्षेत्रका वासिन्दाहरुलाई पूर्व सतर्कता अपनाउनु हुन जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।'

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved