कहिल्यै चुनाव नहारेका महरा समानुपातिकमा किन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2022 | 07:22:02 PM मा प्रकाशित

laxmi  sunrise bank

अहिलेसम्म उम्मेदवार बनेर कुनै पनि चुनाव नहारेका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा यसपाली भने समानुपातिकमा चित्त बुझाउँदै छन् । उनको नाम माओवादी केन्द्रको समानुपातिक तर्फको सूचीमा सिफारिस भएको छ । 

माओवादी सशस्त्र युद्ध सुरु हुनुअघि २०४८ सालमा तत्कालिन संयुक्त जनमोर्चाबाट उम्मेदबार बनेर निर्वाचित भएका महरा २०६४, २०७० र २०७४ को चुनावमा लगातार निर्वाचित भएका थिए ।

महरा २०४८ मा रोल्पा– २, २०६४ मा दाङ–३, २०७० मा रोल्पा–१ र २०७४ मा दाङ–२ बाट निर्वाचित भएका महरा विभिन्न मन्त्री हुँदै सभामुखसम्म भए । रोशनी शाहीले बलात्कारको मुद्दा लगाएपछि महरा सभामुख पदबाट बहिर्गममा परे ।

यसपाली पनि, आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रोल्पा, दाङ– १ र २ बाट उम्मेदवार सिफारिस भएका उनले आफू प्रत्यक्ष चुनाव नलड्ने भन्दै समानुपातिक  रोजे ।

उनले धेरै तिरबाट सिफारिस भएकाले एउटा क्षेत्रको नेता हुनुभन्दा देशकै नेता हुन्छु भनेर आफूले सामानुपातिक रोजेको बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved