२४ करोड बढी राजस्व चुहावट मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 29, 2024 | 09:17:31 PM मा प्रकाशित

laxmi  sunrise bank

राजस्व चुहावट मुद्दाका फरार प्रतिवादीहरू पक्राउ परेका छन् । फरार प्रतिवादीहरूलाई सिअईबीले चितवनबाट पक्राउ बुधबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ्, वेनीघाट रोराङ्गकी २९ बर्षीय कुमारी गुरुङ र बिरगञ्जका ४१ बर्षीय प्रदिप कुमार गुप्ता रहेका छन् ।

गुरुङ प्रोपाइटर रहेको न्यू समीक्षा सप्लायर्स नामको फर्म दर्ता गरी उक्त फर्मको बैंक खाता संचालक प्रदिप कुमार गुप्ताले मालवस्तु खरिद बिक्रि नगरी नक्कली कर बिजक जारी गरेका थिए । मूल्य अभिवृद्धि कर र आम्दानीमा कानून बमोजिम तिर्नुपर्ने आयकर रकम समेत नतिरी राजस्व चुहावट गरेको मुद्दामा उच्च अदालत पाटन उनीहरुलाई जनही एक एक वर्ष र जनही १२ करोड १० लाख ३६ हजार ५३० रुपैया जरीवाना हुने फैसला गरेको थियो ।

अदालतको सो आदेश भएसँगै उनीहरु फरार भएका थिए ।

चितवनबाट पक्राउ गरी उनीहरुलाई काठमाडौं जिल्ला अदालतमा पेश गरेको ब्यहोरा जानेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved