आजको संसद बैठक अवरोध गर्ने तयारी, कार्यसूची मै प्रवेश नगरी सकिने संकेत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2024 | 10:18:33 AM मा प्रकाशित

laxmi  sunrise bank

आजको संसद बैठक कार्यसूची मै प्रवेश नगरी सकिने सम्भावना बढेको छ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको प्रतिनिधिसभा बैठक अवरोध गर्ने तयारी गरेको छ । 

राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गत १४ फागुनकै संसद् बैठकमा आफ्ना मागबारे उचित सम्बोधन नभए आगामी बैठक अवरोध गर्ने बताएका थिए । सोहि अनुसार पार्टीले आज संसद बैठक अवरोध गर्ने तयारी गरेको हो 

 दूध किसानका समस्या, लघुवित्त पीडितका समस्या, र मिटरब्याज पीडितका समस्या समाधान हुनु पर्ने माग सहित राप्रपाले बैठकले बैठक अवरोध गर्ने तयारी गरेको छ । त्यस्तै  बालकुमारी घटनाका दोषीलाई कारबाही गरिनुपर्ने माग राप्रपाको छ। 

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि बालकुमारी घटनाका दोषी देखिएका मन्त्री, र अख्तियारले अनुसन्धान गरिरहेका मन्त्रीहरुलाई बर्खास्त गर्नु पर्ने माग सहित यस अघिका बैठक अवरोध गर्दै आएको छ । यी मन्त्रीले राजीनामा दिनु पर्ने नभए प्रधानमन्त्रीले बर्खास्त गर्नु पर्ने एमालेको माग छ । यी विषयमा प्रधानमन्त्रीले संसदमा जवाफ दिनु पर्ने एमालेको माग छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पनि यिनै विषयमा सरकारले जवाफ दिनु पर्ने माग गर्दै आएको छ ।

एमालेले प्रधानमन्त्रीले जवाफ दिनु पर्ने माग गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल भने चितवन पुगेका छन् । प्रधानमन्त्री दाहाल भरतपुर भ्रमण वर्ष उद्घाटन गर्न बिहीबार साँझ नै चितवन पुगेका छन् ।

प्रतिपक्षी दलले प्रधानमन्त्रीले जवाफ दिनु पर्ने माग राखेको, अन्यथा संसद चल्न नदिने तयारी गरेको र प्रधानमन्त्री आजको बैठकमा नै सहभागी नहुने भएकोले आजको बैठक कार्यसूची मै प्रवेश नगरी सकिने सम्भावना बढेको हो ।

आज शुक्रबार प्रतिनिधिसभाको बैठक  बिहान ११ बजेको लागि बोलाईएको छ।  

यस्ता छन् आजको बैठकको लागि तय भएको कार्यसूची :

१. सभामुखले प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने ।

२. परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले "विमस्टेक वडापत्र (BIMSTEC Charter)" प्रस्तुत गर्ने।

३. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले:-
(क) "निर्माणमुखि सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव" प्रस्तुत गर्ने।
(ख) "निर्माणमुखि सामग्री ( व्यवस्थापन तथा नियमन) विधेयक, २०८०" प्रस्तुत गर्ने।

४. अर्थ मन्त्री डा० प्रकाशशरण महतले "भन्सार विधेयक, २०८० माथी विचार गरियोस्" भनी प्रस्ताव प्रस्तुत गर्ने ।

५. प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले:-
(क) राज्य व्यवस्था समितिको प्रतिवेदन सहितको "राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि छलफल गरियोस्" भनी प्रस्ताव प्रस्तुत गर्ने।
(ख) राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्याङ्कन विधेयक, २०८० लाई पारित गरियोस्" भनी प्रस्ताव प्रस्तुत गर्ने। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved