शनिवारदेखि फेरी वर्षा र हिमपात हुने, मौसम विभागले जारी गर्यो विशेष बुलेटिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2024 | 03:00:15 PM मा प्रकाशित

laxmi  sunrise bank

फागुन १९ गते शनिवार र फागुन २० गते आइतबार नेपालमा वर्षा र हिमपात हुने भएको छ जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले प्रि-मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै यसबारे जानकारी दिएको हो। 

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यून चापीय प्रणाली (Western Disturbance) को प्रभावका कारण शनिबार र आईतबार नेपालको धेरै स्थानहरूमा साधारणतया बदलीको सम्भावना रहेको छ । उक्त पश्चिमी न्यून चापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा यस प्रणालीको प्रभावका कारण शनिबार सुदूरपश्चिम प्रदेशकर्णाली प्रदेशलुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको साथै कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

आईतबार सुदूरपश्चिम प्रदेशकर्णाली प्रदेशलुम्बिनी प्रदेशगण्डकी प्रदेशबागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र मधेश प्रदेशका थोरै स्थानहरूमा छिटफुट देखि हल्का वर्षाको सम्भावना रहेको विभागले उल्लेख गरेको छ।

विभागका अनुसार शनिबार सुदूरपश्चिम प्रदेशकर्णाली प्रदेशगण्डकी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ । आईतबार देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ ।सोमबारबाट क्रमिक रूपमा मौसममा सुधार हुने विभागले जनाएको छ। 

उक्त मौसम प्रणालीको असरले तापक्रम समेत थोरै घट्न गई हल्का चिसो बढ्न सक्ने सम्भावना रहेको विभागले उल्लेख गरेको छ। तसर्थ वर्षाहिमपात तथा चिसोका कारण दैनिक जनजीवनस्वास्थ्यपर्वतारोहणहवाई एवं सडक यातायातमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

वर्षा र हिमपातको सचेतना नक्सा


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved