नेशनल फण्ड र काठमाडौं विश्वविद्यालय स्कुल अफ मेनेजमेन्टबीच सहकार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2024 | 03:34:19 PM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल फण्ड र काठमाडौं विश्वविद्यालय स्कुल अफ मेनेजमेन्ट बिच सहकार्य गर्ने सम्झौता भएको छ ।

नेशनल फण्डले काठमाडौं विश्वविद्यालय स्कुल अफ मेनेजमेन्टसँग सम्झौता हस्ताक्षर गरी औपचारिक रुपमा सहकार्य गरेको छ।यस सहकार्यले शैक्षिक क्षेत्र र कर्पोरेट क्षेत्र जस्तै प्राईभेट ईक्वीटि र भेन्चर क्यापिटल वीचको व्यवहारीक ज्ञान बढाउन मद्दत गर्नुका साथै युवा वर्गमा पेशासँग सम्बन्धित ज्ञान वृद्धि र व्यक्तित्व विकास गर्न सहयोग पुग्नेछ ।

यस सम्झौता अन्तर्गत दुवै संस्थाहरुले ज्ञान आदान प्रदानलाई सहज बनाउन इन्टर्नशीपहरु, नोकरीको अवसर (Placement) तथा प्रशिक्षणको श्रोत व्यक्ति उपलब्ध गराएर विद्यार्थीहरुलाई व्यवसायीक विकासका अवसरहरु प्रदान गर्न काम गर्नेछ ।

नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेड सार्वजनिक र निजी संस्थाहरुद्वारा प्रवर्धित नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त प्राइभेट ईक्वीटि तथा भेन्चर क्यापिटलको लागी कोष व्यवस्थापक हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved