सुर्ती, खैनी र गुट्खा उत्पादनको अवस्था र आयातको विवरण उपलब्ध गराउन निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2024 | 03:54:48 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्था र वार्षिक रूपमा हुने आयातको विवरण उपलब्ध गराउन संसदीय समितिले निर्देशन दिएको छ ।

संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुर्ती, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको विषयमा छलफल हुँदा स्वदेशमा सुर्ती, खैनी तथा गुट्खा उत्पादनको अवस्था र आयातको तथ्यांक माग गर्ने निर्णय गरेको हो ।

समितिका सभापति अब्दुल खानले सुर्ती, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको स्वीकृतिका सम्बन्धमा समितिमा छलफल हुँदा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट यस सम्बन्धि विवरण उपलब्ध गराउन निर्देशन दिइएको बताए ।

अहिले सुर्ती, खैनी तथा गुट्खा उद्योगको पुँजी र उत्पादन क्षमता बढाउने तथा नयाँ उद्योगलाई लाइसेन्स दिने जस्ता विषयमा ब्यापक बहस भइरहेको छ । भइरहेका उद्योगहरुले क्षमता र पुँजी बढाउन चाहेका छन् भने ठूला ग्रुपहरुले लाइसेन्स हत्याउन चाहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved