धितोपत्र ब्रोकर्शको प्रथम बार्षिक साधारण सभा सम्पन्न, सागर ढकाल बने अध्यक्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2024 | 05:10:33 PM मा प्रकाशित

laxmi  sunrise bank

धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालल (डिब्यान) को प्रथम बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा सोमबार काठमाडौँमा सम्पन्न भएको हो । 

सभाबाट १३ सदस्सीय नयाँ कार्यसमिति निर्विरोध चयन भएका छन् । सभाबाट अध्यक्षमा सागर ढकाल बरिष्ठ उपाध्यक्षमा अंञ्जीव तुलाघर, उपाध्यक्षमा अतित लाल श्रेष्ठ, महासचिवमा कृष्ण गिरी कोषाध्यक्षमा सुमन कुमार मल्ल सदस्यमा अधिवत्ता बिष्णु गिरी लगायत ८ जना सदस्य निर्वाचित भएका हुन् ।

उनीहरु ४ बर्षका लागि कार्यसमिति चयन भएका हुन् । 

सभाको उदघाटन नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नबराज अधिकारीले गरेका थिए भने नेप्चेका कार्यकारी प्रमुख कृष्ण बहादुर कार्की लगायतको उपस्थती रहेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved