१५ हजार घुससहित वैदेशिक रोजगार विभागका नासु पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 12, 2024 | 08:16:47 PM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दूरुपयोग अनुसन्धान आयोगले नायब सुब्बालाई रंगेहात पक्राउ गरेको छ । खख्तियारको टोलीले वैदेशिक रोजगार विभागका नायब सुब्बालाई रंगेहात पत्राउ गरेको हो । 

काठमाडौँको ताहचलस्थित विभागमा कार्यरत नायब सुब्बा प्रमोद निरौलालाई मंगलबार १५ हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ । 

धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा आयोगको टोलीले निरौलालाई पक्राउ गरेको हो । साथै उनको साथबाट श्रोत नखुलेको एकहत्तर हजार छ सय बीस रुपैयाँसमेत बरामद भएको छ । उनीउपर थप अनुसन्धान भइरहेको अख्तियारको भनाई छ ।

निरौला विभागको आर्थिक प्रशासन शाखाका लेखापाल हुन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved