प्रधानमन्त्रीले आज विश्वासको मत लिँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2024 | 09:17:05 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसदमा विश्वासको मत लिँदै छन् । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।

प्रधानमन्त्रीले कांग्रेसिँगको गठबन्धन तोडेर एमाले लगायतका दलसँग मिलेर नयाँ सत्ता समिकरण बनाएपछि कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिन लागेका हुन् । 

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन माओवादी केन्द्रसहित नेकपा एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादी र नाउपालगायत दलले ह्वीप जारी गरेका छन् । कांग्रेस, राप्रपा, लोसपा, जनमत, नेमकिपा र राष्ट्रिय जनमोर्चा भने विपक्षमा छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved