प्रधानमन्त्रीले पाए विश्वासको मत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2024 | 03:52:33 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले विश्वासको मतसम्बन्धी प्रस्ताव निणयार्थ प्रस्तुत गर्दा प्रधानमन्त्री प्रचण्डले बहुमत सांसदको मत पाएका हुन् ।

मत विभाजन हुँदा कुल २६८ मत खसेकामा प्रचण्डले १५७ मत पाए ।  विपक्षमा ११० मत खस्दा एक सांसद तटस्थ रहे । 

कांग्रेससँग गठबन्धन तोडेर प्रधानमन्त्री प्रचण्डले गत फागुन २१ गते मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले संसदबाट विश्वासको मत लिएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved