अनुगमनमा आक्रामक वाणिज्य विभाग, ९ महिनामा ३ करोड १९ लाख जरिवाना तिरायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 13, 2024 | 06:27:32 PM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमन आक्रामक बनाएको छ । उपभोक्तालाई ठगी गर्ने, मूल्यसूची नराख्ने, अखाद्य वस्तु बिक्रि वितरण गर्ने व्यवसाय तथा प्रतिष्ठानलाई विभागले कारबाही तीव्र पारेको छ । 

चालु आर्थिक वर्षको ९ महिनामा बजार अनुगमनबाट कारबाही गरेर विभागले ३ करोड १९ लाख रुपैयाँ जरिवाना तिराएको छ । गत आर्थिक वर्षको यो अवधिमा यस्तो जरिवाना रकम १ करोड ५० लाख २८ हजार रुपैयाँ लगाएको थियो । 

विभागले ९ महिनाको अवधिमा ३ हजार २९१ वटा व्यापारिक फर्ममाथि अनुगमन गरेको छ । यीमध्ये ८३८ वटा फर्मले कैफियत गरेको पाइएपछि आर्थिक जरिवाना गराइएको विभागका प्रवक्ता आनन्द पोखरेलले जानकारी दिएका छन् । 

यो अवधिमा विभागले बरामद गरिएका १ करोड ४ लाख ९५ हजार रुपैयाँ बराबरको अखाद्य वस्तु नष्ट गरेको छ ।

विभागले हालै मात्रै काठमाडौँ उपत्यकाका १६ वटा तारे होटलमा अनुगमन गर्दा अखाद्य खानेकुरा खुवाउने गरेको पाइएपछि हरेक होटललाई ३–३ लाख दरले जरिवाना तिराएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved